०८ असार २०८३, सोमबार

प्रहरी कार्यालयमा जनशक्ति अभाव, ८ जनाले धान्दै ईलाका

माघ २५, २०७५
प्रहरी कार्यालयमा जनशक्ति अभाव, ८ जनाले धान्दै ईलाका

सुर्खेत – जिल्लामा प्रहरी कर्मचारीको अभाव देखिएको छ ।

सुर्खेतको पश्चिमी क्षेत्रमा पर्ने चौकुने गाउँपालिकाको केन्द्र रहेको गुटुमा प्रहरीको अपुग भएको पाइएको हो । 

दरबन्दी २३ जनाको भएपनि ‘ख’ श्रेणीको ईलाका प्रहरी कार्यालय गुटुमा असईको नेतृत्वमा जम्मा ८ जनाले गुजारा चलाइरहेका छन् । हाल ईलाका प्रहरी कार्यालयमा १ जना असई, १ जना हवल्दार र ६ जना जवान मात्रै कार्यरत छन् ।

२०६७ सालमा स्थापना भएको प्रहरी कार्यालयमा अहिले असई शिवलाल पौडेलले नेतृत्व गरिरहेका छन् । चौकुने गाउँपालिका–६, ७ र ८ हेर्ने मुख्य जिम्मेवारी पाएको कार्यालयमा सवारीसाधनको नाममा १ वटा मोटरसाइकल मात्र छ ।

अन्य आर्थिक स्रोत नभएका कारण मोटरसाइकल चलाउनु पर्दा तेल भने चौकुने गाउँपालिकाले दिँदै आएको असई पौडेलले बताए ।

अहिले पनि गाउँपालिकाको सबै स्थानमा सडक पुग्न सकेको छैन । असई पौडेलले भने, ‘तर पनि जेनतेन गुजारा चलाइरहेका छौं ।’ जनताको ज्यूँधनको सुरक्षा गर्ने जिम्मा पाएको प्रहरीले भनेकै समयमा वा दुर्घटना भएको समयमा तत्काल जान सक्ने अवस्था नरहेको स्थानीय पुरुषोत्तम सापकोटाले बताए ।

१ जना गाडी इन्ट्री गर्ने, १ जना सञ्चार र १ जनाले खाना बनाउनैपर्ने बाध्यता ईप्रका गुटुसँग छ । सापकोटाले भने, ‘बाँकी ५ जनाले कसरी सेवा प्रवाह गर्लान् चुनौती छ ।’

सामाजिक रुपमा पछि परेको चौकुनेमा कुनै दुर्घटना वा घटना भएको खण्डमा प्रहरी सहज रुपमा पुग्न सक्ने अवस्था छैन । सापकोटाले भने, ‘ईप्रकाले साल्मा, कोइरालवासजस्ता दुर्गम बस्तीमा जान गाह्रो छ । यसका लागि राज्यले उचित व्यवस्था गर्नुपर्ने देखिन्छ ।’

ईलाका प्रहरी कार्यालय बाबियाचौरको नेतृत्वमा रहेको ईप्रका कार्यालय भाडाको घरमा बस्दै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्