
काठमाडौं – नेकपाका सांसद यज्ञराज सुनुवारले गणतन्त्रलाई ‘गनाउने तन्त्र’ बन्नबाट जोगाउन भ्रष्टाचार नियन्त्रण गर्ने संस्थालाई सक्रिय बनाउन माग गरेका छन् ।
प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकको शून्य समयमा सांसद सुनुवारले सर्वोच्च अदालतका पछिल्ला फैसलाले न्यायालयको प्रतिष्ठा वृद्धि भएको बताएका हुन् ।
‘न्यायालयका पछिल्ला फैसलाले न्यायाको प्रतिष्ठा बढेको छ, नयाँ विश्वास र आशा पलाएको छ’ उनले भने, ‘संक्रमणकालीन व्यवस्थाको संरचनागत फाइदा उठाएर गणतन्त्रलाई गनाउने तन्त्र बन्नबाट जोगाउन अख्तियार र भ्रष्टाचार नियन्त्रण गर्ने निकायलाई प्रभावकारी बनाऔं ।’