२८ जेठ २०८३, बिहीबार

अवैध सुनका बालासहित दुई जना प्रहरीको फन्दामा

माघ २५, २०७५
अवैध सुनका बालासहित दुई जना प्रहरीको फन्दामा

काठमाडौँ प्रहरीले विदेशबाट भन्सार छली ल्याइएका अवैध सुनका गरगहनासहित आज दुई जनालाई पक्राउ गरेको छ । 

काठमाडौँ महानगरपालिका–८ तिलगङ्गास्थित बसपार्कमा कतारबाट आएका शङ्कस्पद व्यक्तिको खानतलासी गर्दा उनीहरुको साथबाट ५०÷५० ग्राम तौल भएका सुनका सात थान बाला बरामद गरिएको महानगरी प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । 

पक्राउ पर्नेमा सप्तरीको मलानिया गाउँपालिका–१ का २० वर्षीय सन्तोष यादव र धनुषाको जनकनन्दनी नगरपालिका–२ का २५ वर्षीय समिम साफी रहेका छन् । यादवको साथबाट चार थान र साफीको साथबाट तीन थान सुनको बाला बरामद गरिएको उहाँले जानकारी दिनुभयो । 

वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा गएका कामदारलाई प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका गरगहना तस्करी हुने गरेको भन्ने गोप्य सूचनाका आधारमा अनुसन्धान शुरु गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्