२४ जेठ २०८३, आइतबार

शहीद स्मृतिकप फुटबल फागुन १ गतेदेखि

शहीद स्मृतिकप फुटबल फागुन १ गतेदेखि

रुपन्देही-  शहीद स्मृति खेलकूद क्लबको आयोजना तथा मदन भण्डारी स्पाेर्ट्स एकेडेमीको सहकार्यमा बुटवलमा चौथो शहीद स्मृतिकप खुला नकआउट फुटबल प्रतियोगिता २०७५ हुने भएको छ । 

फागुन १ गतेदेखि रामनगर खेलमैदानमा हुने सो प्रतियोगिताका लागि सबै तयारी पूरा भएको बुटवलमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष योगेन्द्र गौतमले जानकारी दिए ।  

तेइसाैं जनयुद्ध दिवसको अवसरमा आयोजना गरिने उक्त प्रतियोगितामा विजेतालाई रु एक लाख एक हजार र उपविजेतालाई रु ५० हजार ५०० सहित कप तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए । उक्त प्रतियोगितमा १० समूह सहभागी भएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्