२५ असार २०८३, बिहीबार

चितवनमा बालिका बलात्कारका २ अभियुक्त पक्राउ

चितवनमा बालिका बलात्कारका २ अभियुक्त पक्राउ

चितवन – पूर्वी चितवनको पर्यटकीय नगरी सौराहामा १३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा २ युवालाई रत्ननगर प्रहरीले पक्राउ गरेको छ ।

बालिक बलात्कारका अभियुक्तमा बारा जिल्ला घर भइ चितवनमा मजदुरी काम गर्दै आएका अजय कुमार र गंगा चौधरी रहेका छन् ।

बालिकालाई ललाइफकाई बलात्कार गरेको ईलाका प्रहरी कार्यालय रत्ननगरका टाडीका प्रमखु प्रहरी नायव उपरीक्षक (डीएसपी) दयानिधि ज्ञवालीले जानकारी दिए ।

अस्मिता (नाम परिर्वन) लाई मदिरा सेवन गरेका २ युवाले बलात्कार गरेको डीएसपी ज्ञवालीले जानकारी दिए । ती २ युवाले बालिकालाई पालैपालो बलात्कार गरे भागेका थिए । बलात्कारको सूचना पाएपछि डिएसपी निधिले तत्काल बछौली प्रहरी चौकीका प्रहरी नायव निरीक्षक विश्व सुवेदी र इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव निरीक्षक प्रकाश सिंखडाको टोली परिचालन गरेर शुक्रवार राति नै युवालाई पक्राउ गरेको डीएसपी ज्ञवालीले बताए ।

‘हामी महिला हिंसा अन्त्यका लागि सधै कटिबद्ध छौं,’ उनले भने, ‘पीडितबाट घटना भएको खबर पाएपछि तत्कालै विशेष टोली बनाएर अभियुक्तलाई पक्राउ गर्न सफल भएका हौं ।’ घटना अपराह्न ४ बजे भएको थियो । पीडितकी आमाले प्रहरीलाई जानकारी गराएको साढे १ घण्टाभित्र बलात्कारका अभियुक्तलाई पक्राउ गरिएको ज्ञवालीले बताए ।

पीडितकी आमाका अनुसार एउटै घरमा भाडामा बस्दै आएका ती व्यक्तिले छोरीलाई बलात्कार गरेका हुन् । उनले दोषीलाई हदैसम्मको कारवाही गर्न माग गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्