
हुम्ला– लगातारको हिमपातले हुम्लामा हवाई सेवा अवरुद्ध भएको छ । चार दिनदेखि लगातार परेको हिउँका कारण सिमकोट विमानस्थलबाट उडान अवतरण हुन सकेको छैन ।

विमानस्थल सञ्चालनका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । अवरुद्ध विमानस्थल सञ्चालनका लागि हिउँ पन्छाउँन नेपाल प्रहरी र शसस्त्र प्रहरी वल प्रयोग गरिएको छ ।

तस्वीरः दाने बोहरा, रासस