२१ जेठ २०८३, बिहीबार

कर्णालीका 'धनी मन्त्री'लाई एक हजारको लोभ, सरकारको निर्णय उल्लंघन गर्दै बुझे भत्ता

माघ २७, २०७५
कर्णालीका 'धनी मन्त्री'लाई एक हजारको लोभ, सरकारको निर्णय उल्लंघन गर्दै बुझे भत्ता

काठमाडौं -औपचारिक कार्यक्रममा सहभागी भएबापत भत्ता नबुझ्ने कर्णाली प्रदेश सरकारको निर्णय मन्त्री आफैंले उल्लंघन गरेका छन् ।

भौतिक पूर्वाधार मन्त्री खड्क खत्रीले वीरेन्द्रनगरमा आइतवार आयोजित सिँचाइ गुरुयोजना मस्यौदासम्बन्धी प्रादेशिक परामर्श गोष्टीमा सहभागी भएबापत एक हजार रूपैयाँ भत्ता बुझेका हुन् ।

त्यसो त खत्री कर्णाली प्रदेशका सबैभन्दा धनी मन्त्री समेत हुन् । मन्त्रीहरूद्वारा सार्वजनिक सम्पत्ति विवरणमा उनको सम्पत्ति सबैभन्दा धेरै थियो ।

यद्यपि सोही कार्यक्रममा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले भने भत्ता बुझेनन् ।

कार्यक्रममा सहभागी प्रदेश सभाका सदस्यहरू, गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधि, प्रदेशका कर्मचारी सबैले एक हजारका दरले भत्ता बुझेका थिए ।

यसअघि प्रदेश मन्त्रिपरिषद्ले कसैबाट भत्ता नलिने र लिन पनि नदिने निर्णय गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्