३१ जेठ २०८३, आइतबार

लोकान्तर समाचार प्रभाव : कबाड बन्दै गरेको रेल इञ्जिन संरक्षणका लागि पहल शुरू

माघ २७, २०७५
लोकान्तर समाचार प्रभाव : कबाड बन्दै गरेको रेल इञ्जिन संरक्षणका लागि पहल शुरू

जनकपुरधाम – नेपालमा सञ्चालित पुरानो रेलको बहुमूल्य इञ्जिन कबाड बन्दै गरेको समाचार लोकान्तर डट्कममा प्रकाशित भएपछि जिल्ला प्रशासनले त्यसमा चासो देखाएको छ ।

धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ स्थित खजुरी स्टेसनमा थन्किएका करोडौं मूल्य पर्ने आठवटा रेल इञ्जिन कबाड बन्दै गएको तथा सरसफाइको अभावमा झारपात समेत उम्रिएको समाचार लोकान्तरले प्रकाशित गरेको थियो ।

उक्त समाचार प्रकाशन प्रकाशित भएपछि धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कंडेलले रेल इञ्जिनको संरक्षण र सरसफाइका लागि रेल विभागलाई ध्यानाकर्षण गराउँदै सरसफाइ गर्न लगाएका छन् ।

‘लोकान्तरमा समाचार प्रकाशन भएलगत्तै मैले रेल विभागको साइट कार्यालय जनकपुरका इञ्चार्ज विनोदकुमार ओझालाई पत्र नै काटेर सरसफाइ गर्न निर्देशन दिएको थिएँ,’ प्रजिअ कंडेलले भने, ‘आज आइतवार ओझाको नेतृत्वमा गएको टोलीले खजुरी स्टेसनस्थित कारखानाको ९० प्रतिशत जति सरसफाइको काम सम्पन्न गरिसकेको छ ।’

बाँकी सरसफाइ तथा संरक्षण र संवद्र्धनको काममा समेत सक्रिय हुन निर्देशन दिएको कंडेलले बताए । प्रजिअ कंडेलले समस्याबारे लोकान्तरले समाचार प्रकाशन गरेर ध्यानाकर्षण गराएकोमा धन्यवाद समेत प्रकट गरे ।

पढ्नुहोस्, यो पनि :

पुराना रेल कबाडमा, नयाँ रेल करौडौंमा !

salt training

कमेन्ट गर्नुहोस्