१९ असार २०८३, शुक्रबार

निर्माण अनिश्चित भएपछि मेलम्चीमा संघर्ष समिति सक्रिय, काम गर्न नदिने चेतावनी

निर्माण अनिश्चित भएपछि मेलम्चीमा संघर्ष समिति सक्रिय, काम गर्न नदिने चेतावनी

काठमाडौं – मेलम्ची खानेपानी आयोजना पीडित संघर्ष समितिले मेलम्ची आयोजनामा कार्यरत झण्डै ८ सय कर्मचारीको तलब तथा पारिश्रमिक सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । 

समितिले आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा सुरुङभित्र धुवाँ धूलोमा काम गरेका कर्मचारीले ३ महिनाको तलब तथा सञ्चयकोष नपाएको जानकारी दिइयो ।

कर्मचारीलाई पारिश्रमिक उपलब्ध नगराएसम्म काम गर्न नदिने उनीहरूले चेतावनी दिएका छन् । संघर्ष समितिका संयोजक श्रीराम न्यौपानेले आयोजनामा कर्मचारीसहित १ हजारभन्दा बढी व्यक्ति पीडित भएको बताए ।

‘१ अर्ब ६२ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ,’ उनले भने । उच्च तहका कर्मचारीले मेलम्चीलाई अनुचित लाभको स्रोत बनाउन मेलम्ची आयोजना रद्द गरेको न्यौपानेको आरोप थियो । भुक्तानी नभएसम्म ‘नो सप्लाइ नो वर्क’ अभियान थाल्ने उनले बताए ।

आयोजनामा नेपाली कर्मचारीको नेतृत्व गर्दै आएका देवीरमण अधिकारीले कर्मचारीले तलब नपाएपछि विचल्लीमा परेका बताए । समितिका सचिव विष्णुमणि आचार्यले आयोजनासँग ३८ करोड रुपैयाँ भुक्तानी नगरी सरकारले आयोजनासँगको करार तोडेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्