२१ असार २०८३, आइतबार

गण्डकी प्रदेशमा वरपीपल र चौतारो संरक्षण विधेयक प्रमाणीकरण

गण्डकी प्रदेशमा वरपीपल र चौतारो संरक्षण विधेयक प्रमाणीकरण

चिप्लेढुंगा – गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले आइतवार २ वटा विधेयक प्रमाणीकरण गरेका छन् ।

उनले ‘वर, पीपल, समी र चौतारो संरक्षण तथा व्यवस्थापन गर्न बनेको विधेयक’ र ‘सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरे ।

गण्डकी प्रदेश सभाले माघ ८ गते उक्त विधेयक पारित गरेको थियो । 

नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले विधेयक प्रमाणीकरण गरी त्यसको सूचना यथासम्भव चाँडो प्रदेशसभालाई दिनुपर्ने व्यवस्था छ । सोही धाराको उपधारा ५ बमोजिम प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि विधेयक ऐन बन्छ । 

salt training

कमेन्ट गर्नुहोस्