
ललितपुर- ललितपुरको नख्खुस्थित एक इनामेल फ्याक्ट्रीमा भीषण आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार नख्खु खोला नजिक रहेको एक फ्याक्ट्रीमा सोमवार दिउँसो करीब १ बजे आगलागी भएको हो ।
आगो नियन्त्रणमा लिनका लागि ललितपुरबाट २ वटा दमकल पठाइएको छ भने काठमाडौंबाट पनि दमकल मगाइएको प्रहरीले जनाएको छ । क्षतिको विवरण आउन बाँकी छ ।
आगलागीबाट निस्किएको धूवाँको मुस्लो निकै परबाट पनि देख्न सकिन्छ ।