०९ असार २०८३, मंगलबार

स्थानीय तहले कर सङ्कलन गर्न सकेनन्

माघ २९, २०७५
स्थानीय तहले कर सङ्कलन गर्न सकेनन्

काठमाडौंँ– स्थानीय तहले करको दायरा बृद्धि गर्न सक्ने आधार स्थानीय सरकार सञ्चालन ऐनले फराकिलो बनाए पनि सोही आधारमा स्थानीय तहले कर सङ्कलन गर्न सकेका छैनन् । 

कतिपय स्थानीय तहले भने साबिक रूपमा लगाउँदै आएको करलाई मात्र बृद्धि गरेका छन् । 

भूमि (मालपोत) कर, घर जग्गा बहाल कर, व्यवसाय बहाल, धरौटी, पार्किङ शुल्क, जडीबुटी र जीवजन्तु कर, टेकिङ, ¥याफटिङ शुल्क, स्थानीय तहले उपलब्ध गराएको सेवा जस्तो खानेपानी, बिजुली, अतिथि गृह, धर्मशाला, शौचालय, पार्क स्नान गृह, पौडी पोखरी व्यायामशाला, दाहसंस्कार गृह, अचल सम्पत्ति वा कुनै विषयका मूल्याङ्कन र सिफारिसबापत स्थानीय तहले कर लिन सक्ने स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख गरिएको छ । 
अहिले स्थानीय तहले ती दायराभित्र कर सङ्कलन गर्न नसकेको गुनासो राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छ । गोरखापत्र दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्