
काठमाडौं – बियर पारखीहरूको स्ट्रङ्ग बियरप्रतिको चाहनालाई मध्यनजर गर्दै जावलाखेल ग्रुपअफ ईन्डस्ट्रिज अन्तर्गतको राजब्रुअरिले प्रिमीयम स्ट्रोङ्ग बियर, माउन्टेन आईस उपभोक्तामाझ बजारमा ल्याएको छ ।
माउन्टेन आईसले बियर पारखीहरूलाई उनीहरूको स्वादको प्राथमिकताको आधारमा विशिष्ट प्रिमियम स्वादको उत्पादन बजारमा ल्याएको हो, अन्तराष्ट्रिय स्तरको आयातित मल्ट र छानिएको हप्सको समायोजनबाट उत्पादन गरिएको हुन्छ ।
६.५% अल्कोहल भोलुम र ६५० एमएलको बोतलको २ सय ३० रुपैयाँ मूल्य भएको यस माउन्टेन आईसलाई ‘ब्रिउड फर एड्भेन्चर–रियल टेस्ट रियल बियर’को ट्यागलाईनसहित, स्ट्रङ्ग, स्मुथ र रिफ्रेसिङ्ग अनुभव प्रदान गर्ने भनि बजारमा ल्याइएको हो ।
‘अन्तर्राष्ट्रिय स्तरको स्ट्रङ्ग बियर अनुभवको माग बियर पारखीहरूमा बढेकाले, त्यो मागको पूर्ति गर्न माउन्टेन आईस प्रिमियम ब्रान्ड र प्याकेजिङ्गसहित ल्याइएको हो,’ जावलाखेल ग्रुप अफ ईन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले भने ।
‘स्ट्रङ्ग बियरको माग दिनप्रतिदिन बढ्दै गएको र यो लामो समयसम्म नै रहने भएकाले यो बियर पारखीहरूको पहिलो रोजाइका लागि नै ल्याएको हो,’ जावलाखेल गु्रपअफ ईन्डस्ट्रिजका गु्रप कार्यकारी निर्देशक शसिन जोशीले भने ।
राजधानी र नेपालका प्रमुख शहरहरूमा यसै महिनादेखि बिक्रीवितरण शुरू हुने भएपनि नेपालभर भने केही समयमै शुरू हुनेछ ।
जावलाखेल ग्रुप अफ इण्डस्ट्रिज (जेजीआई) विभिन्न मदिराजन्य पेय पदार्थको उत्पादन तथा बिक्री वितरणको व्यवस्थापन गर्ने एक व्यापारिक समूह हो । डिस्टिलरी, बु्रअरी उत्पादन कक्ष, अनुसन्धान र वितरण युनिटको मदिराजन्य संयुक्त प्रयासबाट पेय पदार्थका विभिन्न श्रेणीका ब्रान्डहरू नेपाली बजार र अन्तर्राष्ट्रिय बजारका लागि उत्पादन गर्दै आएको छ ।