१३ असार २०८३, शनिबार

बालसुधार गृहका ६ जना कैदीबन्दी रातारात फरार

माघ २९, २०७५
बालसुधार गृहका ६ जना कैदीबन्दी रातारात फरार

बुटवल – रूपन्देहीको भैरहवास्थित बालसुधार गृहबाट ६ जना थुनवा र कैदी फरार भएका छन् ।

सोमवार राति गेट र भित्तामा लगाइएको काँडेतारको प्वालबाट उनीहरू फरार भएका हुन् ।

फरार अभियुक्त र कैदीको रातिदेखि नै खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख हृदय थापाले जानकारी दिए । १८ वर्ष मुनिका पुरुष कैदी र थुनुवालाई भैरहवामा बालसुधार गृहमा राख्ने गरिएको छ ।

सुधार गृहका कैदी र थुनुवालाई बालमैत्री वातावरण अन्तर्गत घाम ताप्न कोठाबाट बाहिर निकाल्ने गरिएको थियो । त्यहीक्रममा उनीहरूले योजना बनाएर फरार भएको हुनसक्ने थापाले बताए । 

फरार हुनेमा ४ जना चोरी मुद्दाका र २ जबर्जस्तीकरणीका कैदी र अभियुक्त रहेको बालसुधार गृह रुपन्देहीले जनाएको छ । गृहका अनुसार फरार हुनेमा जबर्जस्तीकरणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका देवदह नगरपालिका–७ रुपन्देहीका १६ वर्षीय जीवन खत्री, जबर्जस्तीकरणी मुद्दामा ११ वर्ष कैद सजाय भुक्तान गरिरहेका नौबाहिनी गाउँपालिका–४ प्युठानका १६ वर्षीय सुरेश घर्ती रहेका छन् ।

भाग्नेमा चोरी मुद्दामा १ महिना १५ दिन सजाय र ८८ हजार १ सय रुपैयाँ जरिवाना तोकिएर सजाय भुक्तान गरिरहेका तानसेन नगरपालिका–३ पाल्पाका १७ वर्षीय सन्दीप रणपाल छन् ।

चोरी मुद्दामा १ महिना कैद र २ लाख ५२ हजार जरिवाना तोकिएर सजाय भुक्तान गरिरहेका विरुवा गाउँपालिका–४ स्याङ्जाका १७ वर्षीय अनिश थापा, नकवजनी चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका गाईघाट नेपालटार ३ उदयपुरका १७ वर्षीय सिद्धार्थजंग लामा (सविन पौडेल) र चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका बुटवल उपमहानगरपालिका–८ का १५ वर्षीय राजेश सुनार रहेको बाल सुधारगृह रुपन्देहीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्