
काठमाडौं – प्रतिनिधि सभाले नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५ लाई पारित गरेको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा कानून, न्याय तथा तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
यसअघि कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐन संशोधान गर्ने विधेयक २०७५ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको थियो ।
छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले संसद् गठन भएको १ वर्षभित्र नेपालको संविधानसँग बाँझिने कानूनलाई संविधान अनुकूल बनाउने संवैधानिक व्यवस्था अनुरुप समितिबाट सर्वसम्मतिका आधारमा विधेयक सदनमा पेश गरिएको जानकारी दिए । प्रतिनिधि सभाको अर्काे बैठक आगामी फागुन ३ गते शुक्रवार दिनको ३ बजे बस्नेछ ।