२९ असार २०८३, सोमबार

साढे २ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भए गोपाल खड्का

साढे २ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भए गोपाल खड्का
फाइल फोटो

काठमाडौं - नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का साढे २ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

विशेष अदालतमा हाजिर हुन दिइएको म्यादको ३०औं दिनमा अदालतमा हाजिर भएका खड्का २ करोड ५० लाख धरौटी बुझाएर तत्काल रिहा भएका हुन् ।

विशेष अदालत स्रोतका अनुसार नेपाल इन्भेस्टमेन्ट बैंक खड्काका लागि बैंक ग्यारेन्टी बसेको छ ।

साढे १८ करोड ६६ लाख रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

इन्धन भण्डारण गृह निर्माणका लागि जग्गा खरिदका क्रममा भ्रष्टाचार गरेको आरोप उनीमाथि छ ।

salt training

कमेन्ट गर्नुहोस्