०२ साउन २०८३, शनिबार

बालाजुमा यस्तो मौका छोपेर लगाइएछ साझा बसमा आगो

कात्तिक २०, २०७४
बालाजुमा यस्तो मौका छोपेर लगाइएछ साझा बसमा आगो


काठमाडौँ, २८ फागुन - नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको बन्दका क्रममा आज बालाजु बाइपासमा साझा यातायातको बस जलाइएको छ ।sajha

बा ४ ख ५६४८ नं को बसका चालक, परिचालक र सुरक्षामा खटिएका प्रहरी खाना खान गएको मौका छोपी बालाजु बाइपासमा रोकि राखिएको बसबाट यात्रु ओराली पेट्रोल छर्केर आगो लगाइएको साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए ।

आगलागीबाट बसका आठवटा सीट पूर्णरुपमा जलेर रु एक लााख बराबरको क्षति भएको छ । यातायातले कसैको समर्थन वा विरोधमा सेवा सञ्चालन नगरेको उल्लेख गर्दै उनले यस्ता गतिविधि नदोहो¥याउन सबैसँग अनुरोध गरे ।

साझाका ४० वटा सवारीसाधन अन्य दिनजस्तै आज पनि उपत्यकाका रुटमा चलिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्