०६ साउन २०८३, बुधबार

नेपाल इरान भिड्दै, फाइनल पुग्न जित्नैपर्ने दबाब

नेपाल इरान भिड्दै, फाइनल पुग्न जित्नैपर्ने दबाब

काठमाडौं - भारतमा जारी हिरो गोल्डकपअन्तर्गत बुधबार लिग चरणको अन्तिम खेलमा नेपालले इरानको सामना गर्दैछ । 

भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा नेपाल र इरानबीचको खेल दिउँसो ४ बजे शुरू हुनेछ । जारी प्रतियोगितामा एक खेलमा पराजित र एक खेलमा जित निकाल्दै नेपालले तीन अङ्क जोडेको छ । 

आज इरानविरुद्ध जित निकालेको खण्डमा नेपाल शीर्ष दुईमा पर्दै फाइनल पुग्नेछ भने पराजित भएको खण्डमा अर्को खेलको नतिजा कुर्नुपर्नेछ । आजै हुने खेलमा म्यानमार र भारत पनि प्रतिस्पर्धा गर्दैछन् । यो खेल बराबरी खेलेमा वा म्यानमारले भारतलाई हराएमा वा भारतले थोरै गोलअन्तरमा म्यानमारलाई हराएमा नेपाल फाइनल पुग्ने सम्भावना बढी हुन्छ । 

यस्तै म्यानमारले भारतलाई हराएर सानो गोलअन्तरका आधारमा इरानसँग हारेमा पनि नेपाल फाइनल पुग्न सक्छ । चार टोली आयोजक भारत, इरान, नेपाल र म्यान्मा सहभागी प्रतियोगिताका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् । 

दुई चरणका खेल समाप्त हुँदासम्म म्यानमार दुवै खेल जित्दै छ अङ्कसहित शीर्षस्थानमा छ भने नेपाल तीन अङ्कसहित दोस्रो र भारत पनि समान तीन अङ्कसहित तेस्रो स्थानमा छ । इरान अहिलेसम्म अङ्ककविहीन छ । 
 

salt training

कमेन्ट गर्नुहोस्