
काठमाडौं — रुसमा ८० वर्षीया एक महिलालाई भाडामा बस्ने डेरावाललाई हत्या गरेको आरोपमा पक्राउ गरिएको छ ।
महिलाका सन्तानहरूले हराइरहेका डेरावालको अंग फ्रिजमा राखेको भेटेपछि उनलाई पक्राउ गरिएको हा् ।
दुई अन्य व्यक्तिलाई यस विषयमा सोधपुछ गरिएको छ ।
एक न्यायाधीशले हत्याको अनुसन्धान हुन्जेल महिलालाई दुई महिनाको हिरासतमा राख्ने आदेश दिएका छन् । कानून कार्यान्वयन अधिकारी सूत्रहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले दिएको खबरअनुसार, पुरुष डेरावालको
शरीरका आन्द्रा लगायत भित्री भाग महिलाको फ्रिजमा भेटिए ।
आफ्नो अपार्टमेन्ट ब्लकनजिक पार्कमा खेलिरहेका बच्चाहरूले व्यक्तिको काटिएको हात फेला पारेपछि घटना सार्वजनिक भएको हो । त्यसपछि प्रहरीले अनेकौं प्लास्टिक ब्यागबाट शरीरका अन्य भाग पनि भेटे । भुस्याहा कुकुरहरूले अंगलाई यताउता लगेका थिए ।
मृत ५२ वर्षीय युक्रेनी डेरावालको शरीरको अंगमा भेटिएको फिंगर प्रिन्टबाट वृद्धा महिलासम्म प्रहरी पुग्यो ।
महिलाले डेरावालको हाड फ्याँकेकी थिइन् भने भित्री अंग फ्रिजमा भेटियो । कुकुरहरूले रगतको गन्ध पाएपछि पूरै एरियाभरि शरीरका अंग्रप्रत्यंग छरे ।
प्रहरीका अनुसार, महिलाको फ्ल्याटमा रगतको निशान पनि भेटिएको छ ।
एजेन्सी