
काठमाडौं — उत्तरी ध्रुवबाट आएको हिमयुक्त चक्रवात (पोलर भोर्टेक्स) का कारण अमेरिकाका केही भागमा अत्यधिक जाडो छ । फेब्रुअरी महिनाको शुरूआतमा केही ठाउँमा तापक्रम माइनस ४० डिग्रीसम्म पुग्यो ।
अत्यधिक जाडोका कारण अमेरिकाको उत्तरपश्चिममा रहेको मोन्टानाको कलीस्पेल इलाकामा एउटा बिरालो जमेको तस्वीर सार्वजनिक भएको छ ।
उक्त तस्वीर फेसबूक पेजमा फेब्रुअरी ५ मा शेयर गरिएपछि चर्चामा छ । एनिमल क्लिनिक अफ कलीस्पेलले बिरालो जमेको तस्वीर सार्वजनिक गर्दै केही क्लाइन्टले उसलाई लगभग मृत अवस्थामा ल्याएको जानकारी दियो ।
जमेको बिरालोलाई ल्याउँदा उसको तापक्रम निकै कम थियो तर धेरै घन्टापछि उसलाई बचाइयो । अब उसको स्थिति सामान्य छ ।
एजेन्सी