०४ असार २०८३, बिहीबार

रेखा थापाले मन्त्री बिष्टलाई ज्ञापनपत्र बुझाउँदै भनिन् - 'विमानस्थलमा सामान जफत गर्ने काम बन्द गर्नुपर्छ'

रेखा थापाले मन्त्री बिष्टलाई ज्ञापनपत्र बुझाउँदै भनिन् - 'विमानस्थलमा सामान जफत गर्ने काम बन्द गर्नुपर्छ'

काठमाडौँ - अभिनेत्री रेखा थापाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टलाई भेटेर नेपाली श्रमिकहरूले विदेशबाट ल्याएका सामानहरू विमानस्थलमा जफत भएकोमा आपत्ति जनाएकी छिन् ।

फेसबुकमा स्ट्याटस लेख्दै अभिनेत्री थापाले श्रमिकमाथि हुने असमान व्यवहार र घरेलु प्रयोजनका लागि ल्याइएका सामानहरू जफत गर्न नपाइने बताएकी हुन् ।

मन्त्री बिष्टलाई ध्यानाकर्षण पत्र बुझाउँदै अभिनेत्री थापाले यो हजारौं श्रमिकको गुनासो भएको बताइन् । ध्यानाकर्षण पत्र पाउनेबित्तिकै मन्त्री बिष्टले अर्थमन्त्रालयसँग समन्वय गर्ने बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्