१० असार २०८३, बुधबार

यी सुन्दरीसँग चीन किन चिढियो ? मुख नखोल्न दिए धम्की !

कात्तिक २०, २०७४
यी सुन्दरीसँग चीन किन चिढियो ? मुख नखोल्न दिए धम्की !
वाशिंगटन,१ पुस– चीनियाँ मूलकी मिस वल्र्ड क्यानडा २०१५ अनास्तास्यिा लीनलाई चीनले अनावश्यक धम्की दिएको न्यूयोर्क टाइम्समा खबर छ ।

लीनका परिवारले चीनको मानव अधिकार र सरकारी नीतिका बारेमा नबोल्न चीनले आफूहरुमाथिे अनावश्यक दबाब आएको बताएका छन् ।

यही १८ डिसेम्बरमा हुन लागेको मिस वल्र्ड २०१६ प्रतियोगितामा भाग लिनको लागि लीन यतिबेला अमेरिकाको वाशिंगटन पुगिसकेकी छिन् । उनलाई यस बर्षको मिस वल्र्ड प्रतियोगितामा सहभागी हुन आयोजकले आमन्त्रण गरेका थिए ।

लीनको परिवारका अनुसार लीन अमेरिका पुग्नु अगावै अमेरिकी मिडियामा कुरा नगर्न मिस वल्र्डका आयोजकले दबाब दिएको न्यूयोर्क टाइम्समा समाचार छ । लीनका साथी जैकब वालेनवर्गका अनुसार आयोजकले लिनलाई चीनको मानवअधिकार र सरकारी नीतिका बारेमा कुरा गरे प्रतियोगिताबाट निष्काशन गरिने बताएका छन् ।

यस मिस वल्र्ड प्रतियोगिताको प्रमुख सहयोगी संस्था नै चाइनीज कम्पनी छन् ।

गतबर्ष एयरपोर्टमै रोकेका थिए लीनलाई
मोडल तथा मिस वल्र्ड क्यानडा २०१५ अनास्तासिया लीनलाई चीनमा आयोजना भएको मिस वल्र्ड प्रतियोगितामा भाग लिन आयोजकले रोकेका थिए ।

गतबर्ष चीनको हैनन शहरमा मिस वल्र्ड २०१५प्रतियोगिताको आयोजना गरिएको थियो । यस प्रतियोगितामा सहभागी हुन विश्वका ११० देशबाट प्रतियोगिहरु चीन आएका थिए ।

लीन पनि यस प्रतियोगितामा भाग लिन चीन आउन चाहेकी थिइन् ।
तर लीनलाई हङकङ एयरपोर्टमै रोकेर चीनले उनलाई भिसा दिन समेत अस्वीकार गरेका थिए ।

चीनको आलोचना गरेकोमा सजाय
चीनमा जन्मेका २६ बर्षीया लीनको परिवार सन २००३ मा चीन छाडेर क्यानडामा बसाइसरेका थिए जतिबेला उनी १३ बर्षकी थिइन् । लीनको परिवार बौद्ध धर्मबाट प्रेरित भएको ‘फालुन गोंग’ का अनुयायी थिए । जुन चीनमा प्रतिबन्ध थियो । चीन सरकारमाथि ‘फालुन गोंग’ का अनुयायीमाथि अत्याचार गरेको आरोप लाग्ने गरेको छ ।


लीनले मिस क्यानडा प्रतियोगितामा भाग लिने क्रममा चीनमा भएको मानवअधिकार उल्लंघन घटनाका बारेमा चीन सरकारको आलोचना गरेकी थिइन् । साथै उनले ‘फालुन गोंग’ का अनुयायीमाथि चीन सरकारले गर्ने अत्याचारको मुद्दा उठाएकी थिइन् । यसकारण चीनियाँ सरकार लीनसँग चिढिएका थिए । न्यूयोर्क टाइम्स

salt training

कमेन्ट गर्नुहोस्