२८ असार २०८३, आइतबार

मोदीले कब्जा गरे उत्तरप्रदेश

कात्तिक २०, २०७४
मोदीले कब्जा गरे उत्तरप्रदेश
भारत , २९ फागुन - भारतको सबैभन्दा ठूलो तथा नेपालको सीमा जाडिएको उत्तरप्रदेशसहित पाँच राज्यमा पछिल्लो एक महिना लगाएर भएको चुनावको मतपरिणाम शनिबार सार्वजनिक भएको छ ।narendramodi
सार्वजनिक परिणामअनुसार ४०३ सिट भएको उत्तरप्रदेशमा ानरेन्द्र मोदीको भारतीय जनता पार्टीको गठबन्धन दुई तिहाइ सिटमा विजयी भएको छ । बीजेपी गठबन्धनले ३२५ सिट जितेको छ भने सत्तारुढ दल समाजवादी पार्टी र भारतीय काँग्रेससहितको गठबन्धनले ५४ सिट मात्रै जितेको छ, गोरखापत्रमा खबर छ ।
बिजेपीको लहरमा मायावतीले नेतृत्व गरिरहेको बहुजन समाजवादी पार्टीले पनि नराम्रोसँग पराजय भोग्नुपरेको छ । नेपालसँगै सीमा जोडिएको उत्तरखण्डमा पनि भारतीय जनता पार्टीले दुई तिहाइ सिट जितेको छ । ७० सिट भएको उत्तराखण्डमा सत्ताधारी काँग्रेसलाई बीजेपीले नराम्रो पराजय भोगेको छ । उत्तराखण्डमा बीजेपीले ५७ सिट जितेको छ भने काँग्रेसले ११ र अन्यले दुई सिट जितेका छन् ।
शिरोमणि अकाली दलसँगको गठबन्धनमा रहेको बीजेपीले भने यस चुनावमा पञ्जाब राज्य गुमाउनु परेको छ । ११७ सिटको पञ्जाब विधानसभामा दश वर्षपछि काँग्रेस सत्तामा फर्किएको छ । काँग्रेसले ७७ सिट जितेको छ भने आप पार्टीले २२ र शिरोमणि अकाली दलले १८ सिट जितेको छ ।

salt training

कमेन्ट गर्नुहोस्