कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
पोखरा - पोखरा बजार क्षेत्रका दुईवटा मुख्य चोकमा पोखरा महानगरपालिकाले आकाशेपुल निर्माणका लागि प्रक्रिया अगाडि बढाएको छ । महानगरले पोखरामा अत्याधिक व्यस्त हुने पृथ्वीचोक र सिर्जनाचोकमा १५ महिनामा काम सक्ने गरी आकाशे पुल निर्माणको प्रक्रिया थालेको हो ।
महानगरले पैदलयात्रीका लागि सहज आवागमन र बजारको बढ्दो ट्रफिक जामलाई ब्यवस्थापन गर्नका लागि आकाशे पुल निर्माणका लागि टेण्डर प्रक्रिया अघि बढाएको हो ।
महानगरले पुलको टेण्डर प्रक्रियामा थाल्नुअघि पुलको लागत इस्टिमेट, डिजाइन र निर्माण अवधिका बारेमा जानकारी गराएको छ ।
‘पृथ्वीचोक र सृजनाचोकमा बन्ने पुलको टेण्डर प्रक्रियामा जानको लागि सबै काम सकिसकेका छौं,’ महानगरका डिभिजन इन्जिनियर सोभियत खड्काले भने, ‘अबको केहिदिनमा टेण्डर आह्वान गरेर निर्माणको काम सुरु गर्छौं ।’
उनका अनुसार पुलका लागि आवश्यक सामग्रीहरु कम्पनीमा निर्माण गरेर एकैपटक फिटिङ गरिने छ । ‘चोकमा ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै नयाँ प्रविधिको प्रयोग गरी पुल निर्माण गर्दै छौं’ उनले भने, ‘यस प्रविधिको प्रयोग गर्दा चोकमा ट्राफिक ब्यवस्थापनलाई कुनै समस्या हुदैन ।’
सृजनाचोकमा बन्ने आकाशे पुलको लागत झन्डै साढे दुई करोड रुपैयाँ अनुमान गरिएको इन्जिनियर खड्काले बताए । '१५ महिनामा पुल निर्माण भइसक्ने छ, 'खड्काले भने, 'चालु आर्थिक वर्षको बजेटले मात्रै नथेग्ने भएकाले हुँदा आगामी आर्थिक वर्षको अन्तसम्ममा काम सक्ने गरी प्रक्रिया थालिएको छ ।'
पृथ्वीचोकमा भने ३ करोड रुपैयाँ अनुमानित लागतमा आकाशे पुल निर्माण गर्न सकिने प्रस्तावित बजेट तयार पारी अध्ययनको प्रक्रिया अघि बढिरहेको इन्जिनियर खड्काले बताए ।
पोखरा क्षेत्रमा बढ्दो शहरीकरण सँगै यात्रु र सवारीको चाप बढ्दा हुने ट्राफिक जामलाई व्यवस्थापन गर्नको लागि महानगरले आकाशे पुल निर्माण प्रक्रिया थालेको मेयर मानबहादुर जिसीले बताए ।
पुल निर्माण भएपछि पोखराको ट्राफिक व्यवस्थापनमा सहज हुने मेयर जिसीले दाबी गरे ।
सिर्जनाचोकमा निर्माण हुने आकाशे पुलका लागि कास्की क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सांसद एवं पर्यटन, संस्कृति एवं नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीले संसद विकास बजेट कार्यक्रम अन्तर्गत ५० लाख विनियोजन गरिसकेका छन् । बाँकी रकम महानगरले खर्च गर्ने गरी योजना अगाडी बढेको छ ।
चालु आर्थिक वर्ष २०७५/०७६ मा ओभरहेड पुल, सब-वे अध्ययन डिजाइन र निर्माण शीर्षकमा महानगरको पूर्वाधार विकास कार्यक्रममा १ करोड रुपैयाँ विनियोजन भएको छ।
चोकमा ट्राफिक लाइट राख्न सर्भे
पोखरालाई स्मार्ट सिटी बनाउने प्रतिबद्धता अनुसार सडक डिभिजन कार्यालय र पोखरा महानगरपालिकाको समन्वयमा पोखराका १० ठाउँमा ट्राफिक लाइट राख्न सर्भे गरिएको छ ।
पोखराका अमरसिंह, पृथ्वीचोक, जिरो किलोमिटर, बिरौटा चोक र सिर्जना चोकमा २४ सै घन्टा ट्राफिक लाइट राख्ने गरी सडक डिभिजन कार्यालयले सर्भे गरिसकेको महानगरका डिभिजन इन्जिनियर सोभियत खड्काले जानकारी दिए ।
पोखरा महानगरपालिकाले सडक डिभिजन कार्यालयको तर्फबाट सर्भे गरिरहेको टोलीसँग समन्वय गरी सर्भेको काम अगाडि बढाइरहेको हो । मुख्य राजमार्गसँग जोडिएका चोकमा सडक डिभिजन र अरु चोकमा पोखरा महानगरपालिकाले ट्राफिक लाइट जडान गर्ने योजना छ ।
महानगरपालिकाले चिप्लेढुंगा चोक, महेन्द्रपुल, सभागृह चोक, राष्ट्रबैंक चोक र हलनचोकमा ट्राफिक लाइट जडान गर्ने गरी सर्भे अगाडि बढाएको मेयर मानबहादुर जिसीले जानकारी दिए ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...