२९ जेठ २०८३, शुक्रबार

काठमाडौंमा दिउँसै चोरी हुने घटना बढ्यो

फागुन ४, २०७५
काठमाडौंमा दिउँसै चोरी हुने घटना बढ्यो

 काठमाडौँ– यो हप्ता काठमाडौँ उपत्यकामा लगातार सात वटा चोरीका घटना भएका छन् । तीमध्ये अधिकांश दिउँसोको समयमा भएका छन् । सुन्दा, पत्यार समेत नलाग्ने यस्ता चोरीका घटना दिउँसै हुन थालेपछि प्रहरीअधिकारी पनि अलमलमा परेका छन् । 
महानगरीय प्रहरी कार्यालयका अनुसार, आइतबार दिउँसो बाँसवारी, सोमवार दिउँसो घट्टेकुलो, बुढानिलकण्ठ र कोटेश्वर, मङ्गलवार रातोपुल र तीनकुने, बुधवार सानेपा तथा बिहीवार टोखामा गरी पाँच दिनमा सात स्थानमा चोरी भएको छ । 
तीमध्ये कोटेश्वरस्थित अनु पौडेलको घरमा मात्र रातिको समयमा झ्यालबाट प्रवेश गरी चोरी भएको छ । दराजमा रहेको ३५ हजार नगद, सुनको गरगहना र ल्यापटप गरी तीनलाख ७५ हजार मूल्य बराबरको चोरी भएको पीडितको भनाइ छ । 
‘विगतका वर्षहरूमा रातिको समय र चाँडपर्वको बेला चोरीका घटना बढी हुन्थे’ महानगरीय प्रहरी परिसर काठमाडौँका वरिष्ठ प्रहरी उपरीक्षक बसन्त लामा भन्छन्, हिजोआज ठीक त्यसको उल्टो भएको छ । राति होइन दिनदहाडै चोरी हुने गरेको छ ।  
विशेष गरी कार्यालय सयममा सबैजना काममा जाने हुँदा कोही नभएको मौकाछोपी दिउँसो घरकोठाको मूलढोका फोडेर र राति झ्याल खोलेर चोरी हुने गरेको छ । गोरखापत्र दैनिकले दोस्रो पृष्ठमा यो खबर छापेको छ । 

salt training

कमेन्ट गर्नुहोस्