
जनकपुरधाम– धनुषाको मिथिला नगरपालिका– ३ हरिहरपुरस्थित मगरटोलकी ९ वर्षीया बालिकाको शव उखुबारीमा हत्या गरी जलाएको अवस्थामा फेला परेको छ । मगरटोलका देवनारायण रसाइलीकी छोरी रेश्माको हत्या भएको हो ।
बुधबार अबेर रातिसम्म छिमेकीको वैवाहिक समारोहमा नाचिरहेकी रेश्माको शव जलाइएको अवस्थामा भेटिएको धनुषाका एसपी शेखर खनालले जानकारी दिए । प्रस्ट बोल्न नसक्ने बालिका जलाइएको अवस्थामा फेला परेपछि गाउँले तनावमा छन् ।, अन्नपूर्ण पोस्टमा खबर छ ।