३० जेठ २०८३, शनिबार

मन्त्रीकै ‘उक्साहट’ मा मन्त्री–सचिव कुटाकुट

फागुन ४, २०७५
मन्त्रीकै ‘उक्साहट’ मा मन्त्री–सचिव कुटाकुट

जनकपुर- उद्योग, वन, पर्यटन र वातावरण मन्त्री रामनरेश राय यादवकै उस्काहटमा प्रदेश २ का आर्थिक मामिलामन्त्री विजय यादव र उद्योग मन्त्रालयका सविच विद्यानाथ झाबीच कुटाकुट भएको खुलासा भएको छ ।

आजको कान्तिपुर दैनिक लेख्छ–पुस अन्तिम साता मन्त्री सचिवबीच कुटाकुट भएपछि प्रदेश सरकारले गठन गरेको छानबिन समितिले मन्त्री–सचिवलाई भिडाउने काम उद्योगमन्त्री रायले गरेको प्रतिवेदन तयार पारेको छ । 

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा गठित समितिले घटनाको छानबिन गरेर प्रतिवेदन तयार पारेको छ । 

salt training

कमेन्ट गर्नुहोस्