०१ असार २०८३, सोमबार

कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठक सम्पन्न, गर्‍यो ८ निर्णय

कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठक सम्पन्न, गर्‍यो ८ निर्णय

काठमाडौं । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । 

शनिबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले ८ महत्वपूर्ण निर्णयहरू गरेको छ । 

बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रस्ताव गरेको कर्णाली प्रदेश बहुवर्षीय आयोजना सञ्चालन सम्बन्धी निर्देशिका तर्जुमाको लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ । त्यस्तै कर्णाली प्रदेश अनुगमन तथा मूल्याङ्कन निर्देशिका तर्जुमाको लागि पनि बैठकले सैद्धान्तिक सहमति प्रदान गरेको छ ।  

क्याबिनेटले कर्णाली प्रदेश सार्वजनिक सम्पत्ति व्यवस्थापन निर्देशिका तर्जुमा गर्न,  बजेट तर्जुमा तथा कार्यान्वयनसम्बन्धी निर्देशित तर्जुमाका लागि पनि सैद्धान्तिक सहमति प्रदान गरेको छ । सार्वजनिक निजी साझेदारीसम्बन्धी विधेयक तर्जुमाका लागि पनि बैठकले सैद्धान्तिक सहमति दिएको छ । त्यस्तै बैठकले कर्णाली प्रदेश आर्थिक कार्यविधि २०७५ लाई स्वीकृत गरेको छ ।

जनता आवास कार्यक्रम कार्यविधि २०७५ र प्रशासन तथा विधेयक समितिबाट परिमार्जनसहित प्राप्त कर्णाली प्रदेश स्वयंसेवक परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश गर्न सामाजिक विकास मन्त्रालयलाई स्वीकृति दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्