०८ असार २०८३, सोमबार

समाजकल्याण परिषद्का पदाधिकारी बर्खास्त

समाजकल्याण परिषद्का पदाधिकारी बर्खास्त

काठमाडौ– सरकारले समाजकल्याण परिषद्का सबै पदाधिकारीलाई बर्खास्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कोषमा अनियमितता गरेको भन्दै परिषद्का उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्यसचिव डिल्लीप्रसाद भट्ट तथा सदस्यहरु इन्द्रप्रसाद झा र गोकर्णप्रसाद भट्टलाई बर्खास्त गरेको हो ।

यसअघि सरकाले उनीहरुसँग दुईपटक स्पष्टीकरण लिएको थियो । परिषद्का पदाधिकारीहरुले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको र उनीहरू अनियमिततामा मुछिएको भन्दै सरकारले सबैलाई बर्खास्त गरेको हो ।, राजधानी दैनिकमा खबर छ। 
 

salt training

कमेन्ट गर्नुहोस्