
काठमाडौं– बारामा तीन साताअघि भएको जीप दुर्घटना शंकास्पद देखिएको छ ।
आजको नयाँ पत्रिका दैनिक लेख्छ– सशस्त्र प्रहरीका एसपी बलराम पोखरेलको मृत्यु तथा बराका सीडीओ गणेश भट्टराई गम्भीर घाइते भएको दुर्घटनामा चालकले ब्रेक नै लगाउने प्रयास नगरेको पीडित पक्षको आरोप छ ।
चालकलाई केही नहुनु र स्कारपियो गाडी दुर्घटना हुँदा ‘एयरब्याग’ समेत नखुल्नुलाई शंकास्पद रुपमा लिइएको हो ।