२९ असार २०८३, सोमबार

क्यामरूनमा १०० भन्दा बढी शिक्षक र विद्यार्थीको अपहरण

क्यामरूनमा १०० भन्दा बढी शिक्षक र विद्यार्थीको अपहरण

काठमाडौं — क्यामरूनको एक निजी कलेजका एक सयभन्दा बढी विद्यार्थीहरू अपहरणमा परेका छन् । 

यसअघि प्रशासनले देशका दुई युद्धग्रस्त क्षेत्रमध्ये एक पश्चिमोत्तर इलाकाबाट शनिवार ११ विद्यार्थी र तीन शिक्षक अपहरणमा परेको बताएको थियो । तर कलेजका एक वरिष्ठ प्रशासकले भने, ‘थप जाँच गर्दा हामीले १०० भन्दा बढी विद्यार्थी र शिक्षकको अपहरण गरिएको पायौं ।’

उनले भने, ‘क्याम्पसमा उपस्थित सबै विद्यार्थी र शिक्षकको अपहरण गरिएको छ । उनीहरू कहाँ छन् हामीलाई थाहा छैन । अहिले पनि हामी आक्रमणकारीहरूको फोनको प्रतीक्षा गरिरहेका छौं ।’

सशस्त्र पृथकतावादीहरू सन् २०१७ को नोभेम्बर महिनालेखि क्यामरूनको उत्तरपश्चिम र दक्षिणपश्चिमका अंग्रेजीभाषी दुई क्षेत्रको स्वतन्त्रताका लागि सरकारी बलहरूसँग संघर्ष गरिरहेका छन् । 

पृथकतावादीहरूले यी क्षेत्रमा विद्यालय बन्द गर्ने आदेश दिएको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्