१० साउन २०८३, आइतबार

१५औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला फागुन २३ देखि

१५औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला फागुन २३ देखि

काठमाडौं– नेपाली स्थानीय घरेलु तथा साना उद्योगका उत्पादनको प्रवद्र्घन र बजारीकरण गर्ने उद्देश्यले १५औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ आयोजना हुने भएको छ ।

‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘मेहनत, श्रृजना, उत्पादन र वस्तु मैरै नेपालको’ भन्ने नाराका साथ आगामी फागुन २३ गतेदेखि उक्त महोत्सव हुन लागेको हो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले काठमाडौंको भृकुटीमण्डपमा आगामी २३ फागुन देखि २७ सम्म हुने आइतवार पत्रकार सम्मेलन मार्फत् जानकारी गराएको हो ।

यस्तै पक्षलाई सम्वोधन गर्न र एक अर्काबाट सिक्न तथा ज्ञान र सीप आदान प्रदान गर्ने उद्देश्यका साथ लघु, घरेलु तथा साना उद्योगको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघले धेरै अगाडी देखि नै नियमित रुपमा राष्ट्रिय, प्रदेश तथा स्थानीयस्तरमा औद्योगिक प्रदर्शनीहरु आयोजना गर्दै आएको महासंघले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्