२१ असार २०८३, आइतबार

थोत्रा दमकलको डम्पिङ साईट बन्दै नेपाल, विदेशबाट थोत्रा दमकल उपहार !

फागुन ६, २०७५
थोत्रा दमकलको डम्पिङ साईट बन्दै नेपाल, विदेशबाट थोत्रा दमकल उपहार !

 काठमाडौं– विदेशमा थोत्रा भएर फाल्ने अवस्थामा पुगेका दमकल र आगलागीमा प्रयोग हुने अन्य सवारी उपकरण नेपालकोलागि आगलागी नियन्त्रणको भरपर्दो सवारी साधनको रुपमा प्रयोग हुदै आएको छ । विदेशी दातृ निकायले आफ्नो देशमा कामै नलाग्ने भएपछि नेपालको भूमिलाई डम्पिङ साइडको रुपमा प्रयोग गर्दै आएका छन् ।

त्यसको प्रत्यक्ष उदाहरणको रुपमा काठमाडौंको जुद्ध वारुण यन्त्र कार्यालय रहेको छ ।

 काठमाडौ महानगरपालिकाको स्वामित्वमा रहेको दमकल कार्यालयमा रहेका सबै दमकल करिब दुई दशक पुराना छन् । विदेशमा डेटस्पायर भए पछि विभिन्न निकायले नेपाललाई दमकल आवश्यक रहेको भन्दै भीख माग्ने अनि विदेशले नेपाललाई सहयोग स्वरुप थोत्रा दमकल र आगलागी नियन्त्रणमा प्रयोग हुने अन्य सवारी साधन उपहारको रुपमा दिने गरेका छन् ।

अहिले राजधानी मात्रै होइन उपत्यका र वरपरका जिल्लामा आगलागी हुदा थोत्रा दमकल कै भर पर्नुपरेको छ । सुविधा सम्पन्न वारुण यन्त्र कार्यालयको रुपमा रहेको कामपाले परिचालन गर्ने अधिकांश दमकल मध्य केही त कामै नलाग्ने भएको खबर आजको नेपाल समाचारपत्र दैनिकमा मछापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्