२९ जेठ २०८३, शुक्रबार

सेयर निष्कासन नियमावली संशोधन

सेयर निष्कासन नियमावली संशोधन

काठमाडौं- सरकारले घोषणा गरेको जनताको जलविद्युत् कार्यक्रममा सर्वसाधारणका लागि व्यवस्था गरिएको ४९ प्रतिशत स्वपुँजी संकलनको लागि गरिने सेयर निष्कासन तथा बाँडफाँडलाई व्यवस्थित गर्ने धितोपत्र बोर्डले विशेष कानूनी व्यवस्था गरेको छ । 

बोर्डले अर्थ मन्त्रालयको निर्देशनअनुसार सरकारको कार्यक्रम सफल पार्न आवश्यक नियम तथा कानूनी व्यवस्थाका धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ दोस्रो संशोधन गरेको हो । 

संशोधन अनुसार १० प्रतिशत चुक्ता भइसकेको र आयोजना निर्माणका लागि फाइनान्सियल क्लोजर भइसकेका आयोजनामा सर्वसाधारणबाट पुँजी संकलन गरी जलविद्युत् आयोजना निर्माण गर्न सेयर तथा डिबेञ्चर निष्कासन गर्नसक्ने नयाँ व्यवस्था गरिएको बोर्डले जनाएको छ ।, कारोबारमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्