
काठमाडौं — भारतको बेंगलुरुमा बुधवारदेखि शुरू हुने एयर शोको पूर्वाभ्यासका बेलामा वायुसेनाका दुईवटा सूर्यकिरण विमान दुर्घटनामा परेका छन् ।
स्थानीय समयअनुसार, मंगलवार बिहान ११ बजेर ५० मिनेट जाँदा येलाहंका एयरबेसमा विमानहरू ठोकिएका हुन् ।
दुर्घटनामा परेका विमानका पाइलटमध्ये एकको मृत्यु भएको भने दुई पाइलट ज्यान जोगाउन सफल भए । एक नागरिक पनि घाइते भएको खबर छ ।
यी विमानहरू सूर्यकिरण एरोबेटिक्स टोलीमा थिए । सूर्यकिरण विमानको प्रयोग सन् २०११ मा बन्द गरिएको भए पनि सन् २०१५ मा त्यसलाई वायुसेनामा फेरि समावेश गरियो ।
विमान अचानक भुइँमा आएको देख्दा त्यसको इन्जिन हावामै बन्द भएको अनुमान गरिएको छ । भुइँमा बज्रिनेबित्तिकै विमानमा आगो लाग्यो । केही अवशेष भारतीय अन्तरिक्ष नियोग (इसरो) को परिसरमा खस्यो ।
एजेन्सी