२० असार २०८३, शनिबार

स्वाइन फ्ल्युबाट भारतमा ३७७ को मृत्यु, २७ लागुऔषध कारोबारीलाई जेल

फागुन ७, २०७५
स्वाइन फ्ल्युबाट भारतमा ३७७ को मृत्यु, २७ लागुऔषध कारोबारीलाई जेल

नयाँ दिल्ली– भारतमा सन् २०१९ को यो डेढ महिनामै १२ हजारभन्दा बढी स्वाइन फ्ल्युका बिरामी भेटिएका छन् । 

बिरामी भएकामध्ये ३७७ जनाको मृत्यु स्वाइन फ्ल्युकै कारण भएको आशङ्का गरिएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । 

राजधानी नयाँ दिल्लीमा मात्रै लगातार फैलिँदै गएको स्वाइन फ्ल्युका कारण दुई हजार २७८ जना प्रभावित भएका छन् । तीमध्ये झण्डै सात सय जना त पछिल्लो दश दिनमा प्रभावित भएका हुन् । 

सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै टाइम्स अफ इण्डियाले लेखेको समाचारअनुसार सबै प्रदेशमा यस्ता बिरामीको उपचारका लागि औषधी लगायतका स्वास्थ्य सामग्रीहरू पर्याप्त मात्रामा रहेका छन् । 

यता लागुऔषध कारोबारमा संलग्न भएको अभियोगमा अफगानिस्तानका २७ जनालाई जेल सजायको फैसला गरिएको छ । 

उनीहरूलाई एक वर्ष छ महिनादेखि १८ वर्षसम्मको जेल सजायको फैसला भएको अधिकारीहरूले मङ्गलबार जनाएका छन् । 

लागुऔषधसम्बन्धी अपराध हेर्ने न्यायिक निकायले जारी गरेको वक्तव्यमा अपराधीहरूबाट ठूलो परिणाममा लागुऔषध पनि बरामद गरिएको जनाइएको छ । 

पछिल्लो एक तथ्याङ्कअनुसार सन् २०१८ मा अफगानिस्तानमा मात्रै भण्डै ६४ हजार टन अफिम उत्पादन भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्