१९ असार २०८३, शुक्रबार

विद्यार्थी र अभिभावक सवार जीप दुर्घटन, तीन जनाको मृत्यु

विद्यार्थी र अभिभावक सवार जीप दुर्घटन, तीन जनाको मृत्यु

बागलुङ– बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा आज साँझ जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । 

ध १ ज ७९१ नम्बरको जीप छिस्तीको टुनीबोटमा दुर्घटना भएको हो ।  छिस्तीको जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किंदै गरेका विद्यार्थी अभिभावक सवार जीप दुर्घटनामा परेको वडाध्यक्ष विजय शर्मा अधिकारीले बताए । 

सडकदेखि करीब ७०० मिटर तल खसेको बताइएको छ ।  घटनामा उद्धारको कार्य भइरहेको र विस्तृत विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्