२६ असार २०८३, शुक्रबार

पर्यटन बोर्डमा दुई सदस्य नियुक्त

पर्यटन बोर्डमा दुई सदस्य नियुक्त

काठमाडौँ–नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्यमा पर्यटन व्यवसायीद्वय पम्फा धमला र विप्लव पौडेल नियुक्त भएका छन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले धादिङकी धमला र पोखराका पौडेललाई नियुक्त गरेको नेपाल पर्यटन बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । 

विगत २५ वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध धमला लाङटाङ री ट्रेक एक्सिपिडिसन कम्पनीको व्यवस्थापन निर्देशक हुन् । उनले  पर्यटन क्षेत्रका विभिन्न संस्थामा आबद्ध भई काम गरिसकेकी छिन् । 

त्यसैगरी व्यवसायी पौडेल होटल बाराही, बाराही जङ्गल लज, सरानकोट माउन्टेन रिसोर्टको कार्यकारी निर्देशक र पोखरा अल्ट्रालाइटको अध्यक्षसमेत हुन् । 

salt training

कमेन्ट गर्नुहोस्