०३ साउन २०८३, आइतबार

मंसिर १० गते आउँदैछ भनेर प्रचार गरिएको के रहेछ त्यो ?

कात्तिक २०, २०७४
मंसिर १० गते आउँदैछ भनेर प्रचार गरिएको के रहेछ त्यो ?

काठमाडौं, १० मंसिर –नेपालका टेलिभिजन तथा अन्य संचारमाध्यममा केही हप्तादेखि एउटा विज्ञापन तामझामका साथ प्रसारण भइरहेको थियो । एक विज्ञापनमा काठमाडौंको खुल्लामञ्च जस्तो देखिने स्थानबाट उद्घोषकले ‘आज नेताज्यूले ऐतिहासिक घोषणा गर्दै हुनुहुन्छ’ भनेर विज्ञापनमा नेतालाई बोलाउँछ । विज्ञापनमा नेताको जस्तो हुलिया देखिने व्यक्तिले देशमा परिवर्तनको खाँचो छ भनेर भाषण गर्छ ।rocket

विज्ञापनको अन्तिममा मंसिर १० गते नेपालमा रकेट आउँदैछ भनेर आम टेलिभिजन दर्शकलाई जिज्ञासा पैदा गरिएको थियो । उसो त यही उत्पादनका ‘रकेट आउँदैछ’ भन्ने खालका फरक–फरक विज्ञापन समेत बज्ने गरेको थियो ।

‘मंसिर १० गते आउँदैछ’ भनेर प्रचार गरिएको त्यो रकेट अब नेपालमा आएको छ ! त्यो बहुप्रचारित रकेट अन्तरिक्षमा जाने रकेट नभई जुता पो रहेछ । नेपाली बजारमा शुक्रवारदेखि एउटा नयाँ ब्राण्डको जुत्ता थपिएको छ, ‘रकेट ।’ त्यो विज्ञापन हेर्दा तपाईँले के अनुमान गर्नु भएको थियो कुन्नि ? रकेट सम्भवत नेपाली मौलिक ब्राण्डको जुत्ता हो ।

शुक्रवार १० मंसिर २०७३ मा प्रकाशित

salt training

कमेन्ट गर्नुहोस्