
काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले पूर्वराजदूत केशव झाको हत्या सम्बन्धमा अनुसन्धान भइरहेको बताएका छन् । अनुसन्धानलाई निष्कर्षमा पु¥याउन गृह मन्त्रालय कटिबद्ध रहेको उनले बताए ।
राष्ट्रिय सभाको बुधवार बसेको बैठकमा अध्यक्षसँग समय लिएर मन्त्री थापाले राजदूत हत्याको बारेमा अनुसन्धान चलिरहेको बताएका हुन् ।
‘हत्याको अनुसन्धानका लागि केही नमूना परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । अनुसन्धानलाई निष्कर्षमा पु¥याउन गृह प्रशासन प्रतिबद्ध छ,’ मन्त्री थापाले भने ।