१९ असार २०८३, शुक्रबार

गृहमन्त्रीलाई निर्मला हत्याबारे सत्तारुढ सांसदको प्रश्न : प्रहरीमाथि फौजदारी मुद्दा किन चलेन ?

गृहमन्त्रीलाई निर्मला हत्याबारे सत्तारुढ सांसदको प्रश्न : प्रहरीमाथि फौजदारी मुद्दा किन चलेन ?

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई राष्ट्रियसभा बैठकमा सत्तारुढ दलका सांसद रामनारायण बिडारीले निर्मला पन्त हत्या प्रकरणबारे प्रश्न गरेका छन् ।

सांसद बिडारीले हत्या घटना छानबिनमा प्रमाण लोप गरेबापत प्रहरी अधिकारीमाथि फौजदारी कारवाही किन भएन भनेर प्रश्न गरेका छन् ।

‘छानबिनमा लापरवाही गर्नेमाथि कारवाही होस् भन्यौ निलम्बन भयो, बर्खास्त होस् भन्यौ भयो । त्यसले मात्रै पुगेन, प्रमाण लोप गरेबापत फौजदारी संहिता अनुसार मुद्दा चलाइयोस् भनेका थियौं, मुद्दा चलाइयो कि चलाइएन ?’ सांसद बिडारीले  सोधे ।

सांसदको प्रश्नमा जवाफ दिँदै गृहमन्त्री थापाले भने, छानबिनमा गम्भीर अनुशासन उल्लंघन र लापरवाही गरेकाले बर्खास्त पनि गरियो सम्बन्धित कमाण्डर नेतृत्वलाई छानबिन आयोगको रिपोर्ट अनुसार नै । उनीहरूमाथि अनुसन्धान जारी छ, छानबिनबाट निष्कर्ष आए फौजदारी अभियोगमा थप कारवाही हुन सक्छ ।’

salt training

कमेन्ट गर्नुहोस्