२७ जेठ २०८३, बुधबार

भारतबाट उद्धार गरिएका १७९ जनालाई काठमाडौँ ल्याइयो

भारतबाट उद्धार गरिएका १७९ जनालाई काठमाडौँ ल्याइयो

काठमाडौँ–भारत मणिपुरहुँदै अवैध तवरबाट तेस्रो मुलुकतर्फ लैजाने लागिएकाबेला भारतबाट उद्धार गरिएका १७९ जनालाई आज काठमाडौँ ल्याइएको छ । 

मानव बेचबिखन गर्ने उद्देश्यले नेपालबाट भारत मणिपुरको विभिन्न स्थानमा पु¥याइएको आशङ्का गरिएका ३२ पुरुष र १४७ महिलासहित १७९ नेपाली नागरिकलाई उद्धार गरी नेपाल ल्याइएको हो । 

भारत सरकार तथा स्थानीय सङ्घसंस्था र भारतको दिल्लीस्थित नेपाली राजदूतावासको सहकार्यमा उनीहरुको गत माघ २३ गते उद्धार गरिएको थियो । मङ्गलबार झापाको काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका उनीहरुलाई आज काठमाडौँ ल्याएको प्रहरीप्रधान कार्यालयले जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्