१३ असार २०८३, शनिबार

अब तीन तहको लाइसेन्स

अब तीन तहको लाइसेन्स

काठमाडौं - सरकारले सवारीचालक अनुमति (लाइसेन्स) तीन चरणमा विवरण गर्ने भएको छ । सवारीचालक अनुमतिपत्र तीन तहमा वर्गीकरण गरी वितरण गर्ने तयारी थालिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको राष्ट्रिय यातायात नीति २०७५ को मस्यौदामा यो विषय समावेश गरिएको छ । मन्त्रालयले तयार गरिरहेको मस्यौदामा प्रशिक्षार्थी, परीक्षणकाल र पूर्णकालीन तहको चरणबद्ध सवारीचालक अनुमतिपत्र दिने उललेख छ । 

प्रशिक्षार्थी चरणमा निजी सवारीसाधन मात्र चलाउन पाउने गरी सवारीचालक अनुमतिपत्र वितरण हुनेछ भने परीक्षणकालमा हलुका सवारीसाधन मात्र चलाउन पाइनेछ । पूर्णकालीन तहमा भने यात्रुवाहक सवारी चलाउन पाउने गरी सवारीचालक अनुमतिपत्र प्राप्त हुनेछ । मन्त्रालयलका सहसचिव शिव नेपालले सार्वजनिक यातायात व्यवस्थित गर्न सवारीचालक अनुभतिपत्र वर्गीकरण गर्न लागिएको बताए ।, अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्