काठमाडौं- सरकारले समाज कल्याण परिषदका उपाध्यक्ष निलमणि बरालसहित ५ जनालाई बर्खास्त गरेको छ ।
बिहीवार पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले समाज कल्याण परिषदका उपाध्यक्ष निलामणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना र सदस्यहरू राजेन्द्र कुमार पौडेल, डिल्ली प्रसाद भट्ट र गोकर्ण भट्टलाई बर्खास्त गरेको जानकारी दिएका हुन् ।
यही फागुन ३ गते बसको मन्त्रिपरिषदको बैठकले यो निर्णय गरेको हो ।