२९ जेठ २०८३, शुक्रबार

नेपाल आफैंले सगरमाथाको उचाई नाप्दै, समुद्री सतहमा बिन्दु निर्धारण गर्ने काम सकियो

फागुन ९, २०७५
नेपाल आफैंले सगरमाथाको उचाई नाप्दै, समुद्री सतहमा बिन्दु निर्धारण गर्ने काम सकियो

काठमाडौँ -विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई नाप्नका लागि भारतीय भूमिका बिन्दुहरू निर्धारण गर्ने काम सकिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले सगरमाथाको उचाई नाप्नका लागि समुद्री सतहमा रहेका भारतीय भूमिमा बिन्दुहरू निर्धारण गरेको मन्त्रालयका प्रवक्ता तथा सहसचिव जनकराज जोशीले बताए ।

जोशीका अनुसार नेपाल सरकारको तर्फबाट सगरमाथाको उचाई नाप्ने यो पहिलो कार्य हो । 'समुद्री सतहको भारतीय भूमिमा बिन्दुहरू निर्धारण गर्ने काम करिब सकिएको छ,' जोशीले भने, 'सगरमाथाको वरीपरी ८ वटा बिन्दुहरु निर्धारण गर्ने काम प्राविधिकहरुले अगाडि बढाएका छन् ।'

समुद्री सतहदेखि नेपाल भारत सीमामा रहेको सिराहाको मडारसम्मको उचाई मापन भारतीय सर्वेक्षण विभागले गर्नेछ । मन्त्रालयले उचाई नाप्न आवश्यक पर्ने कतिपय प्राविधिक सामग्री कतिपय अन्तर्राष्ट्रिय  संस्थाले प्रदान गरिरहेको र अपुग आवश्यक सामाग्रीका लागी खरिद प्रक्रिया अगाडि बढाएको छ ।

सगरमाथाको अन्तिम उचाई बिन्दु मापन गर्नका लागि विशेष तालिमप्राप्त टोली खटाउने तयारी भएको छ । तालिममा छनोटमा १९ जना निवेदकको नाम नापी विभागले पर्वतारोहण प्रशिक्षण प्रतिष्ठानमा पठाईसकेको र अन्तिम छनोट फाल्गुण १० गतेसम्ममा हुने कुरा विभागका सूचना अधिकारी दामोदर ढकालले बताए ।

पर्वतारोहण प्रशिक्षण प्रतिष्ठानले ५ जनाको छनौट गरी तालिम प्रदान गर्नेछ ।  भारतको सक्रियतामा सन् १९५० मा सगरमाथाको उचाई मापन पहिलोपटक गर्दा यसको उचाई ८८४८ मिटर भएको पत्ता लाग्यो । सन् १९९९ मा नेशनल जियोग्राफिक सोसाईटी अमेरिकाले जिपीएसको प्रयोगबाट सगरमाथाको उचाई मापन गर्दा ८८५० मिटर रहेको तथ्य निकाल्यो ।

पछि सन् २००५ मा चिनियाँ नापीले मापन गर्दा सगरमाथाको उचाई ८८४४ मिटर रहेको कुरा सार्वजनिक भयो । नेपाल सरकारले हालको प्रविधिको प्रयोग गरी गर्न लागेको उचाई मापन कार्यले सगरमाथाको वास्तविक उचाई प्राप्त हुन सक्ने अनुमान गर्न सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्