११ साउन २०८३, सोमबार

गरिमा विकास बैंकद्वारा ऋण मिनाहा

फागुन १०, २०७५
गरिमा विकास बैंकद्वारा ऋण मिनाहा

काठमाडौं – गरिमा विकास बैंकद्वारा मृतक ग्राहकको ऋण मिनाहा गरेको छ ।

बैंकको शाखा कार्यालय तल्लो गगनगौंडाको लघुवित्त कार्यक्रममा आवद्ध सदस्य कास्की जिल्ला पोखरा महानगरपालिका–३२ तल्लोगगनगौडा निवासी ४२ वर्षीय जितबहादुर विक सुनारको असामायिक मृत्यु भएकाले बैंकले स्व. सुनारको नाउँमा बाँकी रहेको कर्जाको साँवा तथा ब्याज रकम १ लाख ४९ हजार १ सय ६४ रुपैयाँ मिनाहा गरेको छ ।

बैंकले एक कार्यक्रम आयोजना गरी स्व. सुनारकी धर्मपत्नी सुमन विक सुनारलाई १ लाख ४९ हजार १ सय ६४ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको तल्लो गगनगौडाका शाखा प्रमुख केशबहादुर गुरुङले बताए ।

बैंकले लघुवित्त कार्यक्रममा आवद्ध सदस्यलाई औषधि उपचार खर्च, प्रकोप खर्च, किरिया खर्च, शैक्षिक प्रोत्साहन खर्च, केन्द्र तथा सदस्य प्रोत्साहन खर्च समेत दिँदै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्