
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण सम्बन्धमा बनेको कार्यदलको प्रतिवेदन र म्याद थप विषयमा छलफल गर्न सचिवालय बैठक वालुवाटारमा बसिरहेको छ ।
पार्टी एकीकरणबारे कार्यदलमा सहमति जुट्न नसकेपछि विषय सचिवालयमा प्रवेश गरेको छ ।
कार्यदलको प्रगति र प्रतिवेदनबारे सचिवालयले बिहीवार कार्यदलका सदस्यसँग छलफल गरेको थियो । सदस्यले कार्यदलको म्याद १ हप्ता थप्न माग गरेका थिए ।
कार्यदलको मागबारे बिहीवारको बैठकले निर्णय गर्न नसकेपछि शुक्रवार बिहान बैठक बसिरहेको छ ।