२२ असार २०८३, सोमबार

सांसदको प्रश्न– देश डुबाएको भन्ने सचिवको आरोपमा के भन्नुहुन्छ ? यस्तो छ मन्त्री बीनाको जवाफ

फागुन १०, २०७५
सांसदको प्रश्न– देश डुबाएको भन्ने सचिवको आरोपमा के भन्नुहुन्छ ? यस्तो छ मन्त्री बीनाको जवाफ

काठमाडौं – खानेपानी मन्त्री बीना मगर र मन्त्रालयबाट सरुवा भएका सचिव गजेन्द्र ठाकुरबीचको विवादलाई लिएर सांसदहरूले प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकको प्रश्नोत्तर सेसनमा सांसदहरूले मन्त्रालयबाट हटाइएका सचिव ठाकुरले मन्त्री मगरलाई लगाएको आरोपबारे प्रश्न सोधेका थिए ।

कांग्रेस सांसद डा. डिला संग्रौलाले प्रश्न गरिन्– सीएमसी किन फर्कियो ? के कुरा मिलेन ? कमिसनको खेल या भ्रष्टाचारको प्रोजेक्सन ? मन्त्रालयबाट हटाइएका सचिव ठाकुरजी भन्नुहुन्छ, मन्त्रीले देश डुबाउन खोजिन् ? मन्त्रीजीको जवाफ के छ ?

कांग्रेसकै गगन थापाले प्रश्न गरे– मन्त्रीले देश डुबाउने काम गर्न दबाब दिनुभयो ! यो हाम्रो होइन सचिवको आरोप हो । दोषी को हो हामीले जान्न पाउनुपर्छ । दोषिले सजाय पाउनुपर्छ ।

सांसदहरू महेश बस्नेत, राजेन्द्र केसी, बहादुरसिंह लामा र प्रेम सुवालले मेलम्ची आयोजनामा देखिएको अन्यौलता र मन्त्री तथा सचिवबीचको विवादका विषयमा प्रश्न सोधे ।

जवाफमा मन्त्री मगरले आफूले सचिवसँगको विवादलाई लिएर मिडियालाई आधिकारिक प्रतिक्रिया नदिएको बताइन् । सचिवले के बोले भन्ने कुरामा उनी नै जिम्मेवार हुने उनको प्रतिक्रिया छ ।

आफूले मेलम्चीको काम यथासक्य छिटो सम्पन्न गर्नका लागि सीएमसीलाई फर्काउने विषयलाई पहिलो प्राथमिकता दिन सचिवलाई निर्देशन दिए पनि त्यसअनुसार काम नगरेकाले सरुवा गरेको बताइन् ।
 

salt training

कमेन्ट गर्नुहोस्