२८ जेठ २०८३, बिहीबार

साथीको हत्यारा १० वर्षपछि पक्राउ, सुत्ने औषधि खुवाएर हत्या

फागुन १०, २०७५
साथीको हत्यारा १० वर्षपछि पक्राउ, सुत्ने औषधि खुवाएर हत्या

विराटनगर – मोरङबाट १० वर्षअघि हत्या गरी फरार भएका १ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बेलवारीले हत्यामा संलग्नलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रवार पत्रकार सम्मेलन गरी हत्यामा संलग्नलाई सार्वजनिक गरेको छ । २०६५ चैत्र ३१ गते मोरङको भाउन्नेचोक नजिककै खालीचौरमा झापाको शनिअर्जुन नगरपालिका–४ का २७ वर्षीय दिपक पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा शनिअर्जुन नगरपालिका–२ का शरण भट्टराईलाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

मृत अवस्थामा भेटिएका पाण्डेलाई घाँटीमा धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको अवस्थामा फेला परेका उनको हत्यारा खोज्न प्रहरी लागिरहेको थियो ।

प्रहरीले झण्डै १० वर्षको अवधिमा पक्राउ परेका भट्टराईले आर्थिक प्रलोभनका कारण घटना घटाएको प्रहरीले जनाएको छ । घटनापश्चात् भारतका विभिन्न स्थानमा बस्दै आएका उनलाई निरन्तरको प्रयासपछि झापाको काँकडभिट्टाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए । 

सवारी चालक रहेका मृतक पाण्डे र प्रतिवादी भट्टराई सामान्य चिनजानका साथी रहेकाले पाण्डेको कारमा बिर्तामोडबाट इटहरीतर्फ हिँडेका भट्टराईले मोरङको पथरी बजार आएपछि कोकाकोलामा ‘स्लीपिङ पिल्स’ मिसाई खान दिएको र औषधी खाएपछि चालक पाण्डे सवारी चलाउने नसक्ने अवस्थामा पुगेपछि भट्टराईले आफैं कार चलाई घटनास्थलसम्म पुर्याएर हत्या गरेको प्रहरीको अनुसन्धानले फेला पारेको केसीले बताए । 

पाण्डेलाई धारिलो हतियार दाउले प्रहार गरी हत्यापछि कार समेत लिई भट्टराई पोखरा गएको समेत पाइएको प्रहरीले जनाएको छ । ‘पोखराकै एक ग्यारेजमा ६५ हजार रुपैयाँमा धितो राखी भारततर्फ गएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको थियो,’ प्रहरी उपरीक्षक केसीले भने । 

पक्राउ परेका अभियुक्तलाई सोधपुछ गर्ने क्रममा घटना उनले नै घटाएको भन्ने पुष्टि भएपछि जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यान मुद्दामा म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका  उपरीक्षक केसीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्