०४ साउन २०८३, सोमबार

एनसेल कार्यालयमा बम विस्फोटपछि राजधानीको सुरक्षा व्यवस्था कडा, कमलपोखरीमा पनि बम

फागुन १०, २०७५
एनसेल कार्यालयमा बम विस्फोटपछि राजधानीको सुरक्षा व्यवस्था कडा, कमलपोखरीमा पनि बम

काठमाडौं– अज्ञात समूहले राजधानीको नख्खुस्थित एनसेलको कार्यालय परिसरमा बम विस्फोट गराएपछि राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ । विभिन्न नाका र सडकहरुमा चेकजाँचलाई कडा पारिएको छ । 

प्रहरी प्रधान कार्यालयले उपत्यकाका सबै प्रहरी इकाइहरुलाई अलर्ट रहन निर्देशन दिएको जनाइएको छ । 

ललितपुर प्रहरीका डीएसपी अपिलाल बोहराले बम विस्फोट भएको स्थानमा प्रहरी पुगेर अनुसन्धान सुरु गरिएको जानकारी दिए । 

महानगरीय अपराध महाशाखा, ललितपुर प्रहरी र प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोलीसमेत घटनास्थल पुगेर अनुसन्धान थालेको हो ।

शुक्रबार साँझ भएको सो विस्फोटमा परी २ जना बटुवा घाइते भएका छन् । उनीहरुको अल्का अस्पतालमा उपचार सुरु गरिएको छ।

यसैबीच  काठमाडौँको कमलपोखरीमा प्रेसर कुकर बम फेला परेको छ । कमलपोखरीस्थित आँगन रेष्टुरेन्टमा कालो झोलामा प्रेसर कुकर बम राखिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता पूजा सिंहले जानकारी दिइन् । 

बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्